The VHAP program portal will close to new applicants on 6/12/23. All applications must be completed and submitted on vermonthap.vhfa.org.

कसरी घर किन्ने भन्ने बारे जान्न चाहानुहुन्छ ?

भर्मन्ट मा घर किन्न चुनौतीपूर्ण हुन सक्छ! तलका संगठनहरुले तपाइँलाई मद्दत गर्न सक्छन्   यो जानकारी भर्मन्ट हाउजिंग फाईन्यान्स् एजेन्सी(VHFA), एक स्थानीय गैर नाफामूलक संस्थाले उपलब्ध गराएको हो, जस्ले योग्य घर खरिदकर्ताहरूलाई सस्तो धितो ऋण दिन्छ

घर खरिदकर्ता शिक्षा परामर्श

घर किन्नको लागि हुने प्रक्रियाको बारेमा जान्न चाहीं शुरू गर्ने राम्रो स्थान हो।  तलका सामुदायिक संगठनहरूको एक सूची जहाँ तपाइँ घर कसरी किन्ने, कसरी तपाइँ योग्य हुनुहुन्छ, स्वामित्व को मतलब के हो, तपाइँलाई मद्दत गर्नको लागि कुनै विशेष कार्यक्रम छन् कि छैनन् भन्ने बारे शिक्षा प्राप्त गर्न सक्नुहुन्छ एक जना सल्लाहकारसँग भेट्न सक्नुहुन्छ।

घर किन्न ऋणको आवेदन गर्ने

धेरै मानिसहरूले घर किन्न ऋण लिनु पर्छ।  स्थानीय बैंकहरू, क्रेडिट यूनियनहरू, धितो ऋण कम्पनीहरूले घर किन्न मद्दत गर्नको लागि ऋण प्रदान गर्दछन् तपाइँ घर किन्ने ऋणको( धितो ऋण पनि भनिन्छ) निम्ति योग्य हुनुहुन्छ वा हुनुहुन्न भनेर बुझ्न सम्पर्क गर्नुहोस्, तलका ऋणदाताहरू मध्ये एउटामा क्लिक गर्नुहोस् :

अपरटूनिटिस् क्रेडिट यूनियनले ग्राहकहरूसँग बैठक गर्दा सामान्यतया दोभाषे प्रदान गर्दछ।  तथापि, VHFA सँग सहभागी ऋणदाताहरू जस्ले  तपाइँको लागि दोभाषे प्रदान गर्दछन् वा गर्दैनन् भन्ने बारे सूची   VHFA सहभागी ऋणदाताहरूको सूची प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस्:

ऋणदाता सँग बैठक

तपाइँले ऋणदातालाई सम्पर्क गर्दा, व्यक्तिगत , अनलाईन, वा फोनद्वाराको बैठकमा एक जना ऋण अधिकारी दोभाषे उपस्थित गराउनका लागि अनुरोध गर्नुहोस् जब तपाइँले ऋणदातासँग भेट्नुहुन्छ तपाइँले व्यक्तिगत जानकारीहरू, तपाइँको क्रेडिट, वचत, आम्दानी रोजगारको बारेमा साझा गरीरहेको हुन सक्छ   तपाइँले प्रयोग गरेको दोभाषेले तपाइँको अनुमति बिना कुनै पनि व्यक्तिगत जानकारी अरुलाई भन्न मिल्दैन भनेर बुझेका छन् कि छैनन् भनेर सुनिश्चित गर्नुहोस्   ऋणदाताहरूले पहिलो चोटी तपाइँले नबुझ्ने शब्दहरू प्रयोग गर्न सक्छन् यस्तो प्रश्नहरू सोध्न संकोच नमान्नुहोस् : 

  • कति खर्च गर्न सक्छु ?
  • डाउन पेमेन्ट गर्न क्लोजिंग कस्ट् को लागि मेरो कति खर्च हुनेछ  ?
  • मैले घर किनेपछि अनुमानित मासिक भुक्तानी कति हुनेछ ?
  • के मलाई घर किन्ने लागत कम गर्न मद्दत गर्न कुनै विशेष कार्यक्रम छन् ?
  • अबका चरणहरू के हुन् ?

दोभाषेको पहुँच

माथि सूचीबद्ध संगठनहरू वा तपाइँको बैठकहरू वा उनीहरूसँगको कल हरूमा दोभाषे प्रदान गर्न सक्षम हुन वा नहुन पनि सक्छन्   यदि ऋणदाताले तपाइँको लागि एक दोभाषे उपलब्ध गराउन सक्दैन भनेभर्मन्टमा शुल्क लिएर दोभाषे अनुवाद सेवाहरू उपलब्ध गराउने केहि संगठनहरू छन् एक जना दोभाषे अनुरोध गर्नका लागि तलका संगठनहरूलाई सम्पर्क गर्नुहोस् :